• Home
  • मनोरञ्न
  • ‘मोफसल भ्रमण’ सकेर फर्कियो महापुरुष टिम, दर्शककाे प्रतिक्रियाले उत्साहित
Image

‘मोफसल भ्रमण’ सकेर फर्कियो महापुरुष टिम, दर्शककाे प्रतिक्रियाले उत्साहित

काठमाडौं, १ कात्तिक । आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ ले मोफसल भ्रमण सकेको छ । गत २५ असोजमा पूर्वको विर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० असोजमा पोखरामा सकिएको हो ।

मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रूपमा भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीहरूलाई फिल्मबारे जानकारी दिन कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मीलगायतले टुर गरेका थिएँ । 

कोरोनाको महामारीपछि दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुसी लागेको अभिनेता आचार्यले बताए । ‘मोफसलका दर्शकहरूबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिँदैन । बढीभन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो फिल्म पारिवारिक कथामा आधारित भएकाले स–परिवारलाई निम्तो गरेका छौँ’, अभिनेता आचार्यले भने । 

कार्यकारी निर्मातासँगै कलाकारसमेत रहेका बानियाँले दर्शक फिल्मप्रति उत्साहित रहेको बताए । ‘हामीले निर्माण गरेको अघिल्लो फिल्मले दर्शकसँग सम्बन्ध जोड्न मद्दत गरेको छ । महापुरुषलाई लिएर दर्शक उत्साहित हुनुहुन्छ । टुरले उहाँहरूको मनसाय बुझ्ने मौका पनि दियो’, अभिनेता बानियाँले भन े। दर्शकसम्म फिल्मको जानकारी पुर्याउन नै ‘मोफसल भ्रमण’ गरिएको उनले बताए । 

यसै फिल्ममार्फत डेब्यु गर्ने अरुण क्षेत्री र अञ्जना बराइली पनि उत्साहित छन् । ‘पहिलो अनुभवमा धेरै यादहरू संगालेको छु । ब्रान्ड भ्यालूको कारण हलसम्म आउने दर्शकलाई रिझाउने प्रयास मेरो छ । उहाँहरूलाई याद हुने अभिनय गर्ने प्रयास गरेको छु’, क्षत्रीले भने । उनले यसअगाडि नै ‘आई एम ट्वान्टी वान’ मा अभिनय गरिसकेका छन् । यद्यपि प्रदर्शनको हिसाबले उनको यो डेब्यु फिल्म हो । 

अरुणझैँ अन्जना पनि फिल्मलाई लिएर उत्साहित छिन् । मोफसलमा दर्शकसँग साक्षात्कार गरेर काठमाडौं फर्किएकी अञ्जनाले अभिनेता मदनकृष्ण श्रेष्ठकी छोरीको भूमिका निर्वाह गरेकी छन् । ‘यो फिल्मले मेरो लागि स्कुलको काम गरेको छ । यसको सिकाइले आउँदो समयमा मलाई मद्दत गर्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

फिल्ममा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर फिल्म तयार गरिएको छ । यसमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *