• Home
  • ताजा समाचार
  • जनता जनार्दनको चाहना अनुरुप कार्य गर्ने:रुपेशमान सिंह ।
Image

जनता जनार्दनको चाहना अनुरुप कार्य गर्ने:रुपेशमान सिंह ।


बिरगंज । प्रदेशसभाका स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन वडा नम्बर १ का मतदाता आफैं अग्रसर बनेर घरदैलोमा जुटेका छन् ।
बिहानैबाट स्थानीय मतदाताहरु वडा नम्बर १ को घरघरबाट जम्मा भएर सिंहको पक्षमा मतदानको आह्वान गर्दै घरदैलो अभियानमा सहभागि भएका हुन् ।
पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहको पक्षमा मतदानको आह्वान गर्दै मतदाता स्वस्फूर्त घरघरबाट निस्किनुले उनी प्रति जनलहर बढेको देखिएको छ ।

दलीय गठबन्धनका उम्मेद्वारले केही गर्न नसक्ने भन्दै स्थानीयले अब काठमाण्डौमा स्वतन्त्र उम्मेद्वार विजयी हुँदा भएका काम जस्तै यहाँ पनि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहलाई विजयी बनाए आफ्नो क्षेत्रले फड्को मार्ने विश्वास लिएका छन् ।

बिहानै देखि घरदैलोमा निस्किएका सिंहले स्थानीयको प्रतिकृया, सुझाव लिनुका साथै आफ्ना प्रतिबद्धता पनि मतदातासामु राखेका थिए । आफू निर्वाचित भए जनचाहना बमोजिम नै काम गर्ने भन्दै उनले अहिले पनि जनताकै बीचमा रहेर सेवा गरिरहेको बताएका थिए ।
घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १६ घण्टा अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni २ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *