Trending

जनता जनार्दनको चाहना अनुरुप कार्य गर्ने:रुपेशमान सिंह ।

250Views
0 Shares


बिरगंज । प्रदेशसभाका स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन वडा नम्बर १ का मतदाता आफैं अग्रसर बनेर घरदैलोमा जुटेका छन् ।
बिहानैबाट स्थानीय मतदाताहरु वडा नम्बर १ को घरघरबाट जम्मा भएर सिंहको पक्षमा मतदानको आह्वान गर्दै घरदैलो अभियानमा सहभागि भएका हुन् ।
पर्साको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहको पक्षमा मतदानको आह्वान गर्दै मतदाता स्वस्फूर्त घरघरबाट निस्किनुले उनी प्रति जनलहर बढेको देखिएको छ ।

दलीय गठबन्धनका उम्मेद्वारले केही गर्न नसक्ने भन्दै स्थानीयले अब काठमाण्डौमा स्वतन्त्र उम्मेद्वार विजयी हुँदा भएका काम जस्तै यहाँ पनि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहलाई विजयी बनाए आफ्नो क्षेत्रले फड्को मार्ने विश्वास लिएका छन् ।

बिहानै देखि घरदैलोमा निस्किएका सिंहले स्थानीयको प्रतिकृया, सुझाव लिनुका साथै आफ्ना प्रतिबद्धता पनि मतदातासामु राखेका थिए । आफू निर्वाचित भए जनचाहना बमोजिम नै काम गर्ने भन्दै उनले अहिले पनि जनताकै बीचमा रहेर सेवा गरिरहेको बताएका थिए ।
घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
27°
Fair
5:39 am6:51 pm +0545
Feels like: 27°C
Wind: 8km/h N
Humidity: 31%
Pressure: 1005.08mbar
UV index: 0
2 am3 am4 am5 am6 am
25°C
25°C
24°C
23°C
24°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय