• Home
  • समाचार
  • प्रतिनिधि सभातर्फ स्वतन्त्रसहित ५८ दलले दिए उम्मेदवारी, सबैभन्दा बढी स्वत्रन्त्र उम्मेदवार
Image

प्रतिनिधि सभातर्फ स्वतन्त्रसहित ५८ दलले दिए उम्मेदवारी, सबैभन्दा बढी स्वत्रन्त्र उम्मेदवार

काठमाडौं, २५ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् ।

निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनको लागि २ हजार ५२६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये २ हजार २९१ जना पुरुष र २३५ जना महिला रहेका छन् । उम्मेदवारी दिनेमध्ये ९४३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा ८५ जना महिला र ८५८ जना पुरुष रहेका छन् ।

राजनीतिक दलहरुमध्ये सबैभन्दा बढी स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले उम्मेदवार उठाएको छ । राप्रपाले १६५ मध्ये १४५ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ ।

राप्रपापछि धेरै स्थानमा उम्मेदवारी दिने राजनीतिक दलमा नेकपा एमाले रहेको छ । एमालेले १४४ स्थानमा उम्मेदवार उठाएको छ । धेरै स्थानमा उम्मेदवार उठाउनेको सूचको तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १३३ स्थानमा उम्मेदवारी दिएको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टीले १०७, नेपाली कांग्रेसले ९२, मंगोल नेशनल अर्गनाइजेसनले ८८, जनता समाजवादी पार्टी, नेपालले ८१, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले ६५, हाम्रो नेपाल पार्टीले ६४, राष्ट्रिय जनमुक्ति पार्टीले ५६, जनमत पार्टीले ५५ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५२ स्थानमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले ४७, नेपाली कांग्रेस (बी.पी.ले ४), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३९, नागरिक उन्मुक्ति पार्टीले ३४, जन समाजवादी पार्टी नेपालले ३४, नेपाल आमा पार्टीरनेपाल नौलो जनवादी पार्टीरसचेत नेपाली पार्टीर नेपाल सुशासन पार्टीले २६, नेकपा ९माक्र्सवादी लेनिनवादी०ले २५ र नेकपा (एकीकृत समाजवादी)ले २५ स्थानमा उम्मेदवारी दिएका छन् ।

मौलिक जरोकिलो पार्टीले २३, नेश्नलिष्ट पिपल्स पार्टीले २०, नेपालका लागि नेपाली पार्टीले २०, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १६, जनता प्रगतिशिल पार्टी, नेपालले १५, एकीकृत शक्ति नेपालले १३, नेपाल लोकतान्त्रिक पार्टीले १२, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले ११, नेपाल जनता पार्टीले १०, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ९, नेपाल संघीय समाजवादी पार्टीले ९, नेपाल सद्भावना पार्टीले ८, बहुजन शक्ति पार्टीले ७ र विवेकशील साझा पार्टीले ७ स्थानमा उम्मेदवार उठाएका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *