Trending

क्रिमिया पुलमा विस्फोट गराएको विरोधमा युक्रेनी सहरमा हमला– पुटिन

860Views
0 Shares

काठमाडौं, २५ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका विभिन्न सहरहरूमा भएका वृहत हमला रुस र क्रिमियालाई जोड्ने महत्वपूर्ण पुलमाथि युक्रेनले गरेको आक्रमणको बदलामा भएको बताएका छन् । रणनीतिक रुपमा महत्वपूर्ण उक्त पुलमा युक्रेनले विस्फोट गराएको पुटिनले आरोप लगाएका छन् । उक्त ‘आतंककारी आक्रमण’ विरुद्ध युक्रेनमा थप हमला गर्ने पनि उनले चेतावनी दिएका छन् । रुसले बिलय गराएको क्रिमिया जोड्ने उक्त पुल दक्षिण युक्रेनमा हतियार आपूर्तिका लागि महत्वपूर्ण मार्ग मानिएको छ ।

रुसले सोमबार युक्रेनको राजधानी किभसहित मुख्य सहरमा भिषण हमला गरेको थियो । सहरका विभिन्न स्थानमा रुसी सेनाले गरेको क्षेप्यास्त्र प्रहारमा केहीको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको जनाइएको छ । केही महिनाको अन्तरपछि रुसी सेनाले राजधानी किभमा हमला गरेको हो । यसैबीच बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोले आफ्ना सेनाहरूलाई युक्रेन नजिकै रुसी सेनासँग तैनाथ गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय