Trending

कांग्रेस उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्ध बैंकिङ कसुरको उजुरी

915Views
0 Shares

काठमाडौं, २५ असोज । कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् । स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन शर्माको गृृहजिल्ला समेत रहेको रुकुम पश्चिममा पटक पटक सहमति विपरित काम हुँदै आएको कांग्रेस र माओवादी नेतृत्वहरु बताउँदै आएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिम (ख)बाट प्रदेश सभाका उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्धमा माओवादी उम्मेदवारका प्रतिनिधिले उजुरी दिएका हुन् । बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको भन्दै धुर्वविक्रम बुढाथोकीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा मुद्दा दायर गरेका हुन् । कांग्रेसबाट प्रदेश सभाका लागि ओलीले आइतबार मनोनयन पत्र दर्ता गराएका थिए ।

बुढाथोकी सोही क्षेत्रबाट माओवादीबाट प्रदेश सभाका उम्मेदवार राजकुमार शर्माका प्रतिनिधि हुन् । कांग्रेस नेता ओलीले बैंकिङ कसुर मुद्दा नं ०७६–०००३ मा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख छ ।

गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस र माओवादी भनेर नै उल्लेख गरेको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो । यस विषयमा ओलीले भने, सम्मानित सर्वोच्च अदालतमा मैले दोहो¥याई पाउँ भनेर माग गरेको छु । मैले रकम साउन महिनामा तिरिसकेको छु भने गत माघमा मुद्दा चलाइएको छ । मुद्दा नै जालसाजी तरिकाले चलाइएको छ , फैसला चाँहि भएको हो, अब के हुन्छ थाह छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय