Trending

युक्रेन हमलामा ७५ मिसाइल र इरानी ड्रोन प्रयोगः जेलेन्स्की

935Views
0 Shares


काठमाडौं, २५ असोज । रुसलाई क्रिमिया जोड्ने पुलमा विष्फोटको बदलामा रुसले सोमबार युक्रेनी शहरहरूमा बमबारी गरेर सर्वसाधारणको हत्या र पूर्वाधारमा ठूलो क्षति गराएको छ । आक्रमणमा रुसले इरानी ड्रोन प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

राजधानी किभ र दक्षिण पश्चिमका सहरहरूलाई लक्षित गरी घातक हमला भएको देशको सेना प्रमुखले बताएका छन् । युक्रेनमा कम्तीमा ७५ वटा मिसाइल प्रहार गरेको उनले बताएका छन् ।

केही साताको अन्तरालपछि रुसी सेनाले शृंखलाबद्ध हमला गरेको थियो । हमलामा देशको उर्जा पूर्वाधारमा पनि ठूलो क्षति भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

‘ हामी आतंककारीहरूसँग लडिरहेका छौं । दर्जनौं मिसाइल र ड्रोनले देशभरका उर्जा फ्यासिलिटिजमा निशाना बनाइएको छ’, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय