कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये ९० क्षेत्रमा दियो उम्मेदवारी (सुचीसहित)
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २४ असोज ।
नेपाली कांग्रेसले ९० क्षेत्रमा उम्मेदवारी दिएको छ । कांग्रेसले प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ९० क्षेत्रमा उम्मेदवार उठाएको छ।सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले ९० क्षेत्रमा उम्मेदवारी दिएको हो।
कांग्रेसले ९० क्षेत्रमा उम्मेदवारी दिँदा नेता शेखर कोइराला पक्षका २० जना हाराहारीले टिकट पाएका छन्। सभापति शेरबहादुर देउवा यसपालि पनि डडेल्धुराबाट उम्मेदवार भएका छन्।
यस्तै बर्दिया १ मा भने सञ्जय गौतम र जिल्ला सभापति अरूणप्रकाश सिंह राठौरले उम्मेदवारी दर्ता गरेका छन्।पार्टीले टिकट नदिएपछि केही नेताहरूले भने बागी उम्मेदवारी दिएका छन्। रूकुम पश्चिममा सत्ता गठबन्धनबाट माओवादीका जनार्दन शर्माले उम्मेदवारी दर्ता गरेको क्षेत्रमा कांग्रेसका नेता मानबहादुर नेपालीले पनि उम्मेदवारी दिएका छन्।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि