• Home
  • मनोरञ्न
  • सन्तान स्याहार गर्न फिल्मबाट ब्रेक लिँदै रणवीर कपुर
Image

सन्तान स्याहार गर्न फिल्मबाट ब्रेक लिँदै रणवीर कपुर


काठमाडौं, २३ असोज । फिल्म ‘ब्रह्मास्त्र’ को सफलताको स्वाद चाखिरहेका अभिनेता रणवीर कपुर चाँडै पिता बन्दैछन् । हालैमात्र परिवार र केही नजिकका साथीमाझ रणवीरकी अभिनेत्री पत्नी आलिया भट्टको ‘गोद भराई’ गरिएको छ । रणवीरको हातमा फिल्मको लामै सूची छ । तर, पनि उनी केही समयका लागि फिल्मी व्यस्तताबाट अलग्गिने भएका छन् ।

चाँडै पिता बन्न लागेपछि रणवीर सन्तानको जन्म समय सन्तानसँग बस्नका लागि केही समयसम्म फिल्मबाट ब्रेक लिन चाहन्छन् । अर्थात सन्तान स्याहार गर्न उनी ‘पितृत्व अवकाश’ लिँदैछन् । यसका लागि उनले अहिलेसम्म कुनै पनि फिल्ममा हस्ताक्षर गरेका छैनन् । सन्तानको जन्मपछि आमा आलिया काममा फर्किने भएकाले रणवीर अधिकांश समय सन्तानसँगै बिताउन चाहन्छन् ।

‘रणवीर पिता बनेपछि पेटरनिटी ब्रेक लिन चाहन्छन् । उनी पिता बन्नका लागि निकै उत्साहित छन् । उनले आलियालाई सन्तान जन्मिएपछि काममा फर्कन आग्रह गर्दै आफूले सन्तानको हेरविचार गर्ने सुझाव दिएका छन्,’ आलिया र रणवीरका नजिकका एक साथीको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

आलिया करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’ को रोकिएको काम पुरा गर्नेछिन् । त्यसपछि उनी सञ्जय लीला भन्सालीको ‘बैजू बावरा’ तिर लाग्नेछिन् । यता रणवीर सन्दीप रेड्डी बंगाको फिल्म ‘एनिमल’ को काम तिब्र रुपमा पुरा गर्ने दौडधुपमा छन् । उनले अहिलेसम्म अन्इ कुनै पनि प्रोजेक्ट स्वीकारेका छैनन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *