• Home
  • समाचार
  • सन्दीप चढेको कतार एयरको जहाज एप्रोच नमिलेपछि ओभरसुट
Image

सन्दीप चढेको कतार एयरको जहाज एप्रोच नमिलेपछि ओभरसुट


काठमाडौं, २० असोज । कतार एयरको जहाज एप्रोच नमिलेपछि ओभरसुट गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा मौसमका कारण एप्रोच नमिलेपछि ओभरसुट गरेको हो।विमानस्थलका एक कर्मचारीका अनुसार यो जहाज अहिले आकाशमै होल्ड भएको छ।

नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल पुगेको छ। लामिछाने बिहान १० बजे काठमाडौं उत्रने तालिका थियो। उनी कतार एअरवेज हुँदै नेपाल फर्कँदैछन्। तर तालिका अनुसारको कतार एअरको विमान ल्यान्ड गर्न सकेको छैन।

उनकाअनुसार आधा घण्टाभित्र यो जहाज अवतरण हुनेछ। विहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा ३४ वटा जहाज अवतरण र ३४ वटा जहाजले उडान गर्नेछन्।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *