• Home
  • राजनीति
  • संस्थाभित्र आत्मिय एकता कायम गर्छु –एनआरएनए कार्यकारी अध्यक्ष रविना थापा
Image

संस्थाभित्र आत्मिय एकता कायम गर्छु –एनआरएनए कार्यकारी अध्यक्ष रविना थापा


काठमाडौं, १७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले संस्थाभित्र आत्मिय एकता कायम गर्ने आफ्नो पहिलो प्राथामिकता रहने बताएकी छन् । 

थापाले आइतवार एक भरर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि  सक्रिय भूमिका रहने बताइन् । 

उनले भनिन् “गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने मेरो पहिलो प्राथामिकता रहने छ । संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ”  । 
थापाले आगामी ६ महिनामा आफ्नो कामको प्राथामिकताहरु बुँद्धागत रुपमा प्रस्तुत गरेकी थिइन् । 

थापाको विज्ञप्तिको पूर्णपाठ 
 
“नेपालीको लागि नेपाली” भन्ने मुल मन्त्रका साथ नेपाललाई समृद्ध बनाउने महान अभियानका साथ सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन सम्पन्न भएको ६ महिना पूरा भएको छ ।

अति विषम परिस्थितिमा गत मार्च महिनामा सम्पन्न सो महाधिवेशनले पहिलो पटक संघको नेतृत्वमा बहुपदीय नेतृत्व सर्वसम्मतले चयन गरेको थियो । सहमतीय प्रणाली अनुरुप पहिलो ६ महिना संघको कार्यकारी भूमिकामा नेतृत्व समाल्नु भएका अध्यक्ष कुल आचार्यप्रति धन्यवाद ज्ञापन गर्दछु ।
आगामी दिनमा संघको कार्यकारी अध्यक्षको रुपमा काम गर्ने उद्देश्यले केही प्राथमिकताहरु यहाँहरु समक्ष लिएर उपस्थित भएकी छु ।

•गैरआवासीय नेपाली संघले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रर्वधन, वैदेशिक रोजगारीमा रहेकाहरुको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकतको निरन्तरता, पैतृक सम्पतीको सुरक्षा लगायतका कामलाई मूर्तरुप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा मेरो ध्यान केन्द्रित रहनेछ ।

•विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन संघले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने छु । यसअघि जस्तै गैरआवासीय नेपाली संघ समान हक, हित र अधिकारका लागि संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागको पक्षमा उभिनेछ ।

•गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मिय एकता कायम गर्ने मेरो पहिलो प्राथामिकता रहने छ । संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ ।

•संघको अभियानबाट बाहिर रहेका सदस्यहरुलाई समेत मुलधारमा ल्याउन पुर्णरुपमा मेरो पहल रहनेछ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिनेछ ।

•“एक प्रदेश, एक मोबाईल ब्लड बस” परियोजनाबाट कम्तिमा ३ वटा प्रदेशमा सञ्चालन गर्नको लागि आइसीसी एनसीसी  तथा सरोकारवालाहरुसँग समन्वय आर्थिक सहयोग संकलन गर्ने र खरिद गरि हस्तान्तरण गरिने छ ।

•रेस्टरूम परियोजना अन्तर्गत नेपाल दुर्गम तथा केही सहरी क्षेत्रमा निर्माण गर्ने योजना तर्जुमा गरि लागु गरिने  छ

•संघले नेपालमा रहेका सम्पूर्ण सरोकारवाला निकायहरुसंग सहकार्य गरि समृद्ध नेपाल निर्माण टेवा पुर्याउने योजना तर्जुमा गरि कार्यान्वयन गरिनेछ ।

•“एक पल्टको नेपाली, सधैको नेपाली” लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरु समक्ष आग्रह गरि गैरआवासीय नेपाली नागरिकता प्रमाणिकरण गराउन पहल गरिने छ ।

•डेलिगेस प्रणालीलाई सहजीकरण गरिने छ ।

•नेपालमा बेरोजगारी कम गर्ने उदेश्यले  ‘पढ्दै कमाउँदै; जस्ता आयमुल र सिपमुलक कामको लागि संस्थाभित्र आउने परियोजनालाई अघि बढाइने छ ।
साथै बिधान मा उल्लेखीत सबै तह का पदपुर्ती हरू गरीने छ र सस्थां लाई बृहत बनाऊन कोशीस गर्ने छु।

यही अक्टोवर ११ देखि १३ तारिखसम्म हुने संघको वार्षिक साधारणमा प्रस्तुत हुने विधानलाई आम सहमतिको दस्तावेजको रुपमा अनुमोदन गरेर संघको आगामी महाधिवेशनमा नेतृत्वको लागि हुने निर्वाचनलाई सुनिश्चत गर्नको लागि सबै राष्ट्रिय समन्वय परिषद, वर्तमान कार्यसमिति तथा संघका सदस्यहरुसँग हार्दिक अपिल गर्दछु ।

रविना थापा
कार्यकारी अध्यक्ष,
गैरआवासीय नेपाली संघ
२ अक्टोवर २०२२

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *