• Home
  • समाचार
  • भक्तपुरमा डेंगुबारे जनचेतनामूलक र्याली
Image

भक्तपुरमा डेंगुबारे जनचेतनामूलक र्याली


काठमाडौं, १५ असोज। संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

ठाउँठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुण्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन् । लामखुटे, भुसुना प्राणी हुन्, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ भन्दै विभिन्न जनचेतनामूलक प्लेकार्ड र ब्यानर बोकेका थिए ।
र्याली दुधपाटीबाट, नासमना, तौमढी, स्कूलढोका , दत्तात्रय, सूर्यमढी हुँदै च्याम्हासिंहस्थित ख्वप अस्पताल पुगेर सभामा परिणत भएको थियो । सभामा डेंगु ज्वरोबाट सुरक्षित व्यवहारका लागि नगरवासीहरुमा अनुरोध गरियो ।

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अगुवाईमा आयोजना भएको र्याली पश्चातको सभामा नगर प्रमुख प्रजापतिले दशैको मुखमा डेंगु रोग संक्रामक रुपमा जनस्तरमा फैलिएर अस्पताल भरिभराउ भइसकेकाले डेंगु रोगबाट बच्न नगरवासीलाई सुरक्षित व्यवहारका लागि आग्रह गरे । उनले डेंगु मात्र होइन अन्य संक्रामक रोगबाट पनि बच्न खानपिनमा ध्यान दिन आग्रह गरे ।

दसै पर्वमा सबैले आनन्दित हुन गरिने गतिविधिले स्वास्थ्यमा असर नपरोस, दुर्घटना नहोस, कोही अपांग नहोस भन्दै नगर प्रमुख प्रजापतिले सभ्य नगरवासीको भुमिकामा रहन नगरवासीमा आग्रह गरे । कार्यक्रममा ख्वप अस्पतालका डाक्टर अमर प्रजापतिले डेंगु रोगलाई सामान्य रोगको रुपमा मात्र नलिई लक्षण देखिने बितिक्कै चिकित्सकको सल्लाह लिएर मात्र औषधीको सेवन गर्न आग्रह गरे ।

डेंगुलाई सामान्य रुपमा मात्र लिंदा धेरैको ज्यान गइसकेकाले लक्षण देखिने बितिकै सचेत रहन आग्रह गर्दै संक्रमितलाई टोकेको लामखुटेले टोकेपछि परिवारका अन्य सदस्य तथा छरछिमेकीलाई समेत संक्रमण फैलिनसक्ने भएकाले संक्रमतिलाई झुलभित्र सुरक्षित रुपमा राख्न र आवश्यक उपचारमा सहयोग गर्न आग्रह गरियो ।

यसैगरी ख्वप असपतालका डाक्टर रत्नसुन्दर लासिवाले भक्तपुर नगरमा मात्रै ५३० जनामा डेंगु संक्रमण पुष्टि भइसक्दा जिल्लाभर २०औं हजारमा संक्रमण फैलिसकेको हुनसक्ने भएकाले थप सचेतनाको आवश्यकतामा जोड दिए ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *