• Home
  • देश
  • पहिरोले त्रिशूली-गल्छी सडक खण्ड अवरुद्ध
Image

पहिरोले त्रिशूली-गल्छी सडक खण्ड अवरुद्ध

काठमाडौं, १३ असोज

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्‍ने  छ ।

यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे-टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था भएको नुवाकोट प्रहरीका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले  बताए ।

काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् ।

Related Posts

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *