• Home
  • प्रदेश नं १
  • बाम्राङ चुप्लामा माल्टे खानेपानी योजना सञ्चालन 
Image

बाम्राङ चुप्लामा माल्टे खानेपानी योजना सञ्चालन 

खोटाङ, ११ असोज 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ चुप्लास्थित माल्टे खानेपानी योजना सम्पन्न भएको छ । प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको ४३ लाखको लागतमा सम्पन्न भएको खानेपानी योजना मंगलबार खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले उद्घाटन गरेका छन् ।

खानेपानी योजना सञ्चालनमा आएपछि चुप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् । व्यवस्थित खानेपानीको अभाव झेल्दैआएका स्थानीयलाई लक्षित गर्दै स्थानीय युवा नेता युगसन किरातको पहलमा खानेपानी योजनाका लागि प्रदेशबाट आर्थिक वर्ष २०७८/०७९ मा ३० लाख र चालू आर्थिक वर्ष १३ लाख बजेट विनियोजन भएको थियो । 

चुप्लामा सात किलोमिटर दूरीमा रहेको माल्टे मुहानबाट पानी ल्याइएको हो । खानेपानी योजनाका लागि १० हजार लिटर क्षमताको दुईवटा रिजर्भ ट्यांकी निर्माण गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय खोटाङका इन्जिनियर मोहन महासेठले बताए । पिउने पानीको अभाव रहेको चुप्लामा घरघरमा एक धारा सञ्चालनमा आएपछि स्थानीय हर्षित बनेका छन् । 

बाम्राङकै खत्रीगाउँ, थापागाउँ र तल्लो दलित टोलमा प्रदेश सरकारबाट चालू आर्थिक वर्ष १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको र सुर्के गैरा टोलका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट सात लाख विनियोजन भएको छ । ‘दुवै योजनाको काम चाँडै अगाडि बढ्ने छ,’ किरातले भने, ‘वडाको बाँकी टोलमा अर्को साल योजना पारिने छ । खानेपानीमा हामी व्यवस्थित हुँदैछौं ।’ 

Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

सशस्त्र प्रहरी जवानले किशोरी भगाएको आरोपमा पक्राउ घटनाबारे थप अनुसन्धान भइरहेको छ!

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *