छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

825Views
0 Shares


काठमाडौं, १२ असोज ।
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा.१ ज ५६३ नम्बरको जिप बुधबार विहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।

बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक तथा घाइतेको उद्धार गरेको थियो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेट अगाडि सडकमा यूपी ४० एसी ०८५७ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारत बहराइच उत्तर प्रदेश बस्ने ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नेपालगन्ज उपमहानगरपालिका–१५ रुपडिया बस्ने २२ वर्षीय पृथ्वी राजपुतको सोही अस्पतालमा उपचार भइरहेको छ ।

खोटाङको खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडास्थित सडकमा प्रदेश नम्बर १–०२–००३ त १४९२ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

ट्रयाक्टरमा सवार सोही नगरपालिका–११ बस्ने ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय