Image

एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना सम्पन्न

लमजुङे, १२ असोज 
मर्स्याङ्दी गाँउपालिकामा एक करोड बढी लगानीमा भुलभुले खानेपानी योजना निर्माण भएको छ । 

खानेपानी योजनाको एक कार्यक्रमबीच मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरेका हुन्  । गाउँपालिकाभित्रका स्थानीयलाई व्यवस्थित र स्वच्छ पानी खुवाउन स्थानीय सँग सधै हातेमालो गरी अधि बढ्ने अध्यक्ष गुरुङको भनाइ छ ।

भुलभुले खानेपानी योजनबाट साविक भुलभुले गाविस १ र २ का एक सय ८५ घरधुरी लाभान्वित भएका छन् ।

भुलभुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र गाउँबासीको श्रमदान २७ लाख ८९ हजार पाँच सय ४४ रुपैयाँ र संघीय खानेपानी तथा ढल निकास आयोजनको एक कारोड ११ लाख ५७ हजार नौ सय ७८ रुपैयाँ लगानीमा खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका सचिव कृष्णप्रसाद घिमिरेले बताए । उनका अनुसार खानेपानीको ओभरहेड टंकी, एक घर एक धारा व्यवस्थित रूपमा निर्माण भएको छ ।

Related Posts

लायन्स ३२५ पीको नेतृत्व कसौधनलाई, मीना पन्थी र अर्चित श्रेष्ठ पनि निर्वाचित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पीको गभर्नरमा सन्दीप कसौधन सर्वसम्मत निर्वाचित हुनुभएको छ। बुटवलमा शनिवार सम्पन्न निर्वाचनबाट उहाँ…

ByByanjana soni ३ महिना अगाडि

लोकतान्त्रिक महिला संघले समानुपातिक उम्मेदवार सिफारिस गरेको छ

  संघको केन्द्रीय कार्यालय, बबरमहल काठमाडौँबाट जारी पत्र अनुसार आगामी २०८२ माघ २९ मा हुने प्रतिनिधि सभाको निर्वाचनका…

ByByYOUTV Nepal ७ महिना अगाडि

रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगे

  बुटवल,  मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *