• Home
  • राजनीति
  • म र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वृहत ध्रुवीकरण एकता हुन्छ –रवीन्द्र मिश्र
Image

म र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वृहत ध्रुवीकरण एकता हुन्छ –रवीन्द्र मिश्र


काठमाडौं, ११ असोज ।
रवीन्द्र मिश्रले आफू र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच वृहत ध्रुवीकरण एकता हुने भएको बताएका छन्। रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन ।सोमबार राजीनामा दिएका मिश्र बुधबार राप्रपामा समाहित हुने भएका हुन्। आज समाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले आफ्नो राप्रपा विलयलाई ‘वृहत ध्रुवीकरण एकता’ भएको उल्लेख गरेका हुन् । बृहत शक्ति निर्माणमा संलग्न हुन चाहनेहरूलाई रवीन्द्र मिश्रले निम्ता दिएका छन्।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘चुल्हे निम्ता, यसबीच संवाद हुन नसकेका कयौँ साथीहरूलाई ममात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो। त्यसो होइन। यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन्। केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुनेछ भने तहगत मिलानका लागि एउटा समिति पनि बन्नेछ। बृहत् शक्ति निर्माणमा संलग्न हुन चाहने साथीहरूलाई छोड्ने भन्ने त कुरै भएन। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *