• Home
  • समाचार
  • नेपाल टेलिभिजनले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन
Image

नेपाल टेलिभिजनले माग्यो कर्मचारी, आवेदन दिने आज अन्तिम दिन


काठमाडौं ,१० असोज ।
नेपाल टेलिभिजनले समाचार तथा समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त आह्वान गरेको छ । नेपाल टेलिभिजनको समाचार च्यानलमा नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरिएको हो ।

सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीनजना मागिएको छ । उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई ग्राह्यता दिइने पनि नेपाल टेलिभिजनले जनाएको छ । इच्छुकले १० असोजभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *