• Home
  • समाचार
  • मर्स्याङ्दीमा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध , फूलको माला प्रयोगमा जोड
Image

मर्स्याङ्दीमा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध , फूलको माला प्रयोगमा जोड


काठमाडौं ,१० असोज ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

स्थानीय उत्पादित बस्तु तथा सेवाको प्रवर्द्धन, विबिधिकरण तथा बजारिकरण र वातावरणीय प्रभाव न्युनिकरण गर्ने उदेश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाईएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले बताए । तर, अति आवस्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिईने उनले बताए ।

पालिकाले स्थानीयस्तरमा उत्पादित फूलको प्रयोग गरि यसको बिक्रीवितरण तथा बजारीकरण गरी आयआर्जन बृद्वी र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ । पालिका अध्यक्ष गुरूङले असोज ९ गते सार्वजनिक सुचना जारी गर्दै निर्णय कार्यन्वयन गर्न सरोकारवाला सबैमा अपिल गरेका छन् ।

गाउँपालिकाको यस्तो निर्णयले फूल ब्यवसायमा लागेका कृषकहरू खुसी भएका छन् । पालिकाको वडा नम्बर ९ स्थित भालमचौर मृचे नमुना कृषि फार्ममा १० रोपनी र मर्स्याङ्दी कृषि फार्ममा ३ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेति गरिएको छ । सो फार्मका प्रवर्द्धक नवीनराज कुईकेलले बाह्रै महिना उत्पादन हुनेगरि फूल खेति गरिएको बताए ।

गत वर्षबाट सुरू गरिएको फूल खेतिले राम्रो बजार लिएको र माग पनि बढेको सो फार्मले बताएको छ । फार्मबाट यसवर्ष फूल तथा माला विक्री सुरू भैसकेको छ ।स्थानीय फूल र माला प्रयोग गरि खादाको आयात रोक्न सकेमा स्थानीय पुँजीको संचिति हुनुको साथै आयआर्जनमा टेवा पुग्ने विस्वास लिएको गाउँपालिका अध्यक्ष गुरूङले वताए ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *