• Home
  • समाचार
  • म्यादी प्रहरीका लागि चितवनमा ३८ सयको आवेदन, तन्दुरुस्ती परीक्षा आजदेखि
Image

म्यादी प्रहरीका लागि चितवनमा ३८ सयको आवेदन, तन्दुरुस्ती परीक्षा आजदेखि


काठमाडौं ,९ असोज ।
आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटाउनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्दै छ । म्यादीका लागि चितवनमा तीन हजार ८३० जनाले आवेदन दिएका छन् ।

आठ दिनको अवधीमा दुई हजार ७०९ पुरुष र एक हजार १२१ महिला गरी जम्मा तीन हजार ८३० जनाले म्यादी प्रहरीका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शारिरीक अभ्यास, लिखित परीक्षा र अन्तरवार्तालगायतमा पास भई निर्धारित मापदण्ड पुरा गरेका आवेदकलाई म्यादी प्रहरीमा छनौट गरिने उनले बताए ।

प्रहरी प्रधान कार्यालयले अझै पनि चितवनको लागि म्यादी प्रहरीको कोटा भने खुलाएको छैन । कोटा विवरण नखुलाइँदा कति आवेदक छनौटमा पर्ने हुन भन्नेमा अन्यौलता सिर्जना भएको छ । वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ७०९ म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीको लागि आवेदन दिने समय सकिएको छ । म्यादी प्रहरीको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिने समय थियो ।

म्यादीका लागि आवेदन दिएकाको शारीरिक तन्दुरुस्ती परीक्षा भोलि ९आइतबार०देखि हुँदै छ । नारायणगढ क्याम्पा चौरमा परीक्षा हुने प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व सुरक्षाकर्मी र स्थानीय तहको निर्वाचनका म्यादी प्रहरीले भने तन्दुरुस्ती परीक्षा दिनु नपर्ने कार्यालयले जनाएको छ । उनीहरुको हकमा अन्र्तवार्ताको सूचना प्रकाशित गरिने बताइएको छ ।

निर्वाचन सुरक्षाका लागि सरकारले देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्दै छ । आवेदन दिएकालाई छनौट गर्ने काम असोज ९ गतेदेखि १४ गतेसम्म हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनौटको अन्तिम नतिजा असोज २५ गते प्रकाशित गर्ने कार्यतालिका छ । म्यादीका लागि छनौटमा भएकालाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ । म्यादी प्रहरीलाई निर्वाचनमा ४० दिन खटाइने छ ।

म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामान खरिद गर्न छ हजार, तयारी खर्च बापत एक हजार र प्रतिदिन ३०० रुपैयाँका दरले ४ दिनको एक हजार २०० रुपैयाँ खाजा खर्च गरी जम्मा ५० हजार १६० रुपैयाँ पाउने छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *