काठमाडौं। विभिन्न सेलिब्रिटीले आगामी संसदीय निर्वाचनमा उम्मेदवारी घोषणा गरिरहेका बेला मोडल सुजाता काफ्लेले पनि तयारी थालेकी छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा सहभागीता जनाएकी काफ्ले प्रतिनिधि सभाको आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेकी हुन्।
चुनावमा काठमाडौंबाट मैदानमा उत्रिने तयारी थालेको काफ्लेले बताएकी छन्।
राजनीतिको बाटो जटिल भए पनि, सफलता पाउन चुनौतिलाई आत्मसाथ गरे परिवर्तन हुन सक्ने उनी ठान्छिन्। ‘प्लस साइज मोडलिङ’मा नेपाल र भारतलगायतका मुलुकमा विभिन्न उपाधी हात पारेकी काफ्ले मुलुकको व्यवस्थापनमा पनि जिम्मेवारीपूर्वक काम गर्न सकिन्छ भन्ने आत्मविश्वास राख्छिन्।
३७ बर्षिया काफ्ले मिसेस नेपाल आइनक २०१५ की सेकेन्ड रनरअप हुन् भने प्दस साइज मोडल २०१८, इन्टरनेशनल मिसेज २०१९, मिसेज इन्डिया नेपाल २०१९ की पनि सहभागी र विभिन्न विधाकी बिजेता हुन्। सामाजिक उत्तरदायीत्व, फेसबुक च्वाइस्, मिसेज चेयरम्यान प्रोफेसनललगायत उपाधी उनले हात पारेकी छन्।












