• Home
  • समाचार
  • अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन काठमाडौं महानगरको निर्देशन
Image

अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन काठमाडौं महानगरको निर्देशन


काठमाडौं ,८ असोज ।
काठमाडौं महानगरपालिकाले अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन व्यवसायी र संघसंस्थालाई निर्देशन दिएको छ । केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।

सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने महानगरले भनेको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *