• Home
  • राजनीति
  • राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो– नैनसिंह महर
Image

राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो– नैनसिंह महर

काठमाडौं, ६ असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढेको बताएका छन् ।नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेता महरले देश संघ र प्रदेशको निर्वाचनमा होमिएको बेला राष्ट्रपति भण्डारीबाट असंवैधानिक कदम चाल्ने काम भएको आरोप लगाए ।

ु१४ महीना अगाडी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिगामी शक्तिहरूको उक्साहटमा असंवैधानिक तवरबाट गरेको संसद विघटन पश्चात २०६२–६३ सालको आन्दोलनबाट प्राप्त उपलब्धिलाई खतम गरेर देशलाई अन्धकारतर्फ धकेल्ने प्रयास पूरा नभएकाहरूको मनोकांक्षा पूरा गर्ने हेतुले रास्ट्रपतिबाट अहिलेको गैरसंवैधानिक कदम चालिए कुरा बुझ्न गाह्रो छैन, उनले भने ।

प्रतिगामी शक्तिहरूको उक्साहतमा चालिएको कदमले देश फेरी प्रतिगमन तीर जान सक्ने खतरा बढेकाले निर्वाचनबाट आउने संसदले संविधान उल्लंघन गर्ने राष्ट्रपतिलाई महाअभियोग लगाउने संकल्प राजनीतिक दलको गठबन्धनको बैठकबाट पास गर्न र शान्तिपूर्ण तरिकाबाट कर्तब्यनिष्ठ भएर मंसिर ४ गते हुने निर्वाचनलाई सम्पन्न गर्ने अर्जुनदृष्टी बनाउन उनले आग्रह गरेका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *