• Home
  • राजनीति
  • देउवाले थपे कांग्रेस घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य 
Image

देउवाले थपे कांग्रेस घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य 

काठमाडौं, ५ असोज 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनयन गरेका छन् । 

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी उक्त जानकारी दिएका हुन् । 

देउवाले आज मनोनयन गरेका सदस्यमा फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, सहमहामन्त्री महेन्द्र यादव, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य किरण यादव, केन्द्रीय सदस्य योगेन्द्र चौधरी, केन्द्रीय सदस्य रंगमती शाही, केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेल, केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र, केन्द्रीय सदस्य नानु बाँस्तोला, अनुराधा कोइराला र मनोहरनारायण श्रेष्ठ छन् । 

यस्तै मनोनयनमा परेका अन्यमा किरण गिरि, डा बिष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा. स्वर्णीम वाग्ले, डा. सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, डा. अञ्जनी झा, ई. अभिमन्युलाल सिंह,  ई. हरि दर्लामी मगर, अधिवक्ता डा. रुद्र शर्मा, डा. सञ्जय महतो थारु, भोजराज श्रेष्ठ र प्रताप पौडेल रहेका छन् । 

डा. बुद्धिमान श्रेष्ठ, शंकर तिवारी, डा. कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, डा. प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल, विकल राई र डा. प्रदीप पराजुलीलाई पनि देउवाले मनोनयन गरेका छन् । 

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *