• Home
  • राजनीति
  • ‘‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छ– भरतराज पौड्याल
Image

‘‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छ– भरतराज पौड्याल

काठमाडौं, ५ असोज ।
परराष्ट्र सचिव भरतराज पौड्यालले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपालले विश्वास गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७७ औँ महासभाको अवसरमा मंगलबार अमेरिकाको न्यूयोर्कमा आयोजित ‘डेमोक्रेसी डेलिभर्स’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘हामी लोकतन्त्रका ‘त्रिदिशात्मक’ नतिजा अर्थात शान्ति, मानवअधिकार र विकासमा केन्द्रित भएकाले ‘लोकतन्त्रले जनतालाई डेलिभर गर्छ’ भन्नेमा नेपाल विश्वास गर्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै परराष्ट्र सचिव पौड्यालले नेपालको संविधानले सर्वव्यापी रूपमा स्वीकार्य लोकतान्त्रिक सिद्धान्तलाई मान्यता दिएको, समानुपातिक प्रतिनिधित्व र राष्ट्रिय जीवनमा समाजका सबै वर्गको सहभागिताको प्रत्याभूति गरेको बताए । राजनीतिक मुद्दा टुंगिएपछि अहिले नेपाल गरिबी, अल्पविकसित र पछौटेपनविरुद्ध लडिरहेको उनले जनाए ।

यसको लागि नेपालको प्राथमिकतामा कृषिको आधुनिकीकरण, पूर्वाधार विकासको तीव्रता, जलविद्युतको विशाल सम्भावनाको उपयोग, पर्यटन र जनशक्ति विकास रहेको उनले जानकारी दिए ।

परराष्ट्र सचिव पौड्यालले कार्यक्रममा निजी क्षेत्रका लागि सिर्जना गरिएको सक्षम वातावरण र स्वदेशी तथा विदेशी लगानीलाई जोगाउन तयार गरिएको बलियो कानुनी तथा नीतिगत संरचनाबारे प्रकाश पारेका थिए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *