• Home
  • राजनीति
  • नेपालसँग रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा छ– सी चिनफिङ
Image

नेपालसँग रणनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा छ– सी चिनफिङ


काठमाडौं,४ असोज ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग रणैनैतिक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा व्यक्त गरेका छन् । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले उक्त इच्छा व्यक्त गरेका हुन् ।

‘चीन–नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौयुगसम्म चल्ने मैत्रीपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ,’ राष्ट्रपति सीले शुभकामना सन्देशमा भनेका छन् ।

सन्देशमा चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी भएको जनाउँदै उनले अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि नेपाल र चीनले सँधै एक–अर्काको सम्मान, समर्थन तथा मित्रवत् व्यवहार गर्दै आएको बताएका छन् ।

‘बेल्ट एण्ड रोड अवधारणाको उच्च गुणस्तरिय संयुक्त निर्माण गर्दै हामीले कोभिड महामारीको चुनौतीको संयुक्त सामना गरिरहेका छौँ,’ राष्ट्रपति सीले भनेका छन्, ‘यसै क्रममा आपसी राजनीतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको छ ।’

नेपालको राष्ट्रिय दिवसको अवसरमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री नारायण खड्कालाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।‘चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन् । आपसी सम्बन्ध स्वस्थ र स्थिर रुपमा अघि बढिरहेको छ,’ चिनियाँ प्रधानमन्त्री लीले भनेका छन् ।

दुई देशको विकास रणनीतिलाई गहन रुपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश र जनताको अझ बढी हित गर्दै जाने आफ्नो इच्छा रहेको लीले बताएका छन् । चिनियाँ विदेशमन्त्री वाङले दुई देशका महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने र चीन–नेपाल रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थिर रुपमा अगाडि बढाउने बताएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *