• Home
  • खेलकुद
  • दशकपछि आयोजकले जित्यो २०औँ लिस्नुकपको उपाधि
Image

दशकपछि आयोजकले जित्यो २०औँ लिस्नुकपको उपाधि


काठमाडौं,४ असोज ।
रुपन्देहीको कोटीहवामा सञ्चालित २०औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ ।पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोलले हराएको हो । आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो ।

एक नाइजेरीयन खेलाडी फोडे फुफानासहित मैदान ओर्लिएको आयोजक लिस्नुले पहिलो हाफमा १ गोल मात्र गर्न सफल थियो भने फर्साटिकर २ गोल गर्दै अग्रस्थानमा थियो। त्यसपछिको दोस्रो हाफमा लिस्नुले पुनः १ गोल गरेपछि खेल निकै रोमाञ्चक स्थितिमा पुग्यो । खेल बराबरीमा सकिएको थियो ।

ट्राइब्रेकरमा ५र५ जनाले प्रहार गरेको गोल दुवै तर्फबाट पुनः४–४ गोल भयो। त्यसपछि पनि ३–३ जनाले प्रहार गरेको गोल पनि निर्णयको बिन्दुमा पुगेन । सँगै गोल किपरको प्रहार पनि जित हारको साबित भएन ।

त्यसपछि भएको ३–३ जनाको प्रहारमा फर्साटिकरको एक बल पोलमा ठक्कर खाइ बाहिर गएपछि लिस्नुको जित पक्का भयो । विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *