• Home
  • राजनीति
  • बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न संसदमा माग
Image

बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीका नेपालीलाई पिएनओ परिचयपत्र व्यवस्था गर्न संसदमा माग


काठमाडौं, भदौ ३० गते
एमाले सांसद डा. सूर्य पाठकले पिपुल्स अफ नेप्लिज ओरिजन (पिएनओ) लाई पनि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्राप्त गरेको परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बुधबार विशेष समय लिएर संसदमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘पिपुल अफ नेप्लिज ओरिजन (पिएनओ) का बारेमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । दोस्रो विश्वयुद्धको सेरोफेरोमा गोरखा सैनिक, तिनका परिवार र आफन्तजहरू बर्मा, थाइल्यान्ड, मलेसिया र फिजीमा गएको देखिन्छ । र, पुस्तौदेखि त्यहाँ बसोबास गरेको भेटिन्छ । जसलाई पिपुल अफ नेप्लिज ओरिजन भनिन्छ,’ सांसद पाठकले भने।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *