• Home
  • राजनीति
  • असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्छः विनोद चौधरी
Image

असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्छः विनोद चौधरी


काठमाडौं, २९ भदौ

उद्योगपति विनोद चौधरीले असफलता र कमजोरीबाट जहिल्यै सिक्ने अवसर मिल्ने बताएका छन् । सफलता लामो समय नजान सक्ने भन्दै उनले पाएको समयमा गोल गर्न सक्ने हुनुपर्ने उनको भनाइ छ । 

मंगलबार किताब जात्रामा भाग लिँदै उनले असफलता र कमजोरीबाट सिक्ने अवसर दिन्छ भन्दै आफू जहिले पनि सडकमै रहेको उल्लेख गरे । उनले कुनै पनि व्यक्तिले पाएको सफलताले नयाँ बाटो र नयाँ दृष्टिकोण दिन सक्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद चौधरीको संवादको सारसंक्षेप

प्रश्नकर्ताः सडकबाट उठेर न्युयोर्कको फोर्ब्स पत्रिकासम्म त पुग्नुभयो । तर मुलुकको अवस्था यस्तो छ । तपाई लाग्छ कि यो मुलुकलाई दिन सक्ने कुरा उद्योग, रोजगारी र कर मात्रै हो त ? तपाई यो देशको रुपान्तरणमा केहि योगदान रहँदैन ?

चौधरीः त्यति मात्रै होइन, म आफू सम्बद्ध रहेका संस्थामा सधैं सफल नेतृत्वका रुपमा रहें । विभिन्न प्रकारका महत्वपूर्ण मुद्दामा आफ्ना प्रष्ट धारणाहरू राखे । चाहे त्यो संसदमा होस्, विभिन्न सेमिनार गोष्ठीमा होस् वा मिडियामा ।

तर मेरो निष्कर्ष के रह्यो भने दर्शक बनेर परिवर्तन सम्भव छैन, परिवर्तनका लागि खेलाडीका रुपमा मैदानमा प्रवेश गर्नैपर्छ । खेलाडीमा पनि अलग अलग श्रेणीका हुन्छन् । गोल हान्ने खेलाडी बन्नुभयो भने परिवर्तन ल्याउन सक्नुहुन्छ । भारतको उत्तरप्रदेश, विहारको कुरा गर्न सक्छौं । भारतको सबैभन्दा बढी बिग्रिएका प्रदेश हुन्, तर ती प्रदेश १०÷१५ वर्षमा विकास भएका हुन् । 
यस्तो खेलाडीका रुपमा छु कि मैदानमै छु, भित्रै छु । गोल हान्नै सक्ने अवस्थामा छैन । आफ्ना कुरा राख्छु । जतिसुकै बलियो गरी आफ्ना कुरा राखे पनि सुन्ने निकाय संवेदनशील छैन । सुनेका कुरालाई कार्यान्वयनमा लैजाँदैन भने जति बोले पनि व्यर्थ हुन्छ । सफलता लामो समय नजान सक्छ । सफलताले तपाईको नयाँ बाटो, नयाँ दृष्टिकोण दिन सक्नुपर्छ । असफलता र कमजोरीबाट सिक्ने अवसर दिन्छ । म जहिले पनि सडकमै रहे ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *