• Home
  • समाचार
  • भक्तपुर र काभ्रेका विभिन्न स्थानबाट सुन लुटपाटमा संलग्न व्यक्ति पक्राउ
Image

भक्तपुर र काभ्रेका विभिन्न स्थानबाट सुन लुटपाटमा संलग्न व्यक्ति पक्राउ


काठमाडौं, भदौ २९ गते
भक्तपुर र काभ्रेका विभिन्न स्थानमा विगत लामो समयदेखि सुनका गरगहना लगाएका व्यक्तिलाई पिछा गर्दै एकान्तमा पारी लुटपाट गर्दै आइरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पक्राउ भएकाहरूमाथि थप अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । साथै लुटिएको सुनको स्वरूप परिवर्तन गर्ने थप दुई जनालाई लुटिएको करिब दुई तोला सुनसहित चाबहिल काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिको खोजतलास जारी रहेको प्रहरीको भनाई छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका ९ का बुद्ध तामाङ रहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ७ का २३ वर्षीय विशालका राई, सिन्धुली मरिन गाउँपालिका ५ का २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका २१ वर्षीय ३ का सुदिप भण्डारी रहेका छन् ।

सुन गाल्ने मोरङ शनिश्वरे नगरपालिका ८ का ४० वर्षीय चन्द्रबहादुर विक र सुन किन्ने भारत महाराष्ट्र सिङ्ली घर भई हाल काठमाडौं महानगरपालिका ७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *