यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर, उकालो लाग्यो युरो

700Views
0 Shares

काठमाडौं, भदौ २८ गते
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रकाशित गरेको विदेशी मुद्रा विनिमय दरनुसार अमेरिकी डलरको भाउमा ओरालो लागेको छ भने युरोपियन युरो बढेको छ ।

सोमबार एकको खरिददर १२७ रुपैयाँ ४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलर मंगलबार घटेर एकको खरिदमा १२६ रुपैयाँ ९४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५४ पैसामा झरेको हो ।

त्यस्तै, एकको खरिदमूल्य १२७ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ १६ पैसा रहेको युरोपियन युरो म‌ंगलबार बढेर खरिदमा १२८ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२९ रुपैयाँ ३८ पैसा पुगेको छ ।

अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । सोमबार एकको खरिददर ८६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा रहेको अष्ट्रेलियन डलर मंगलबार बढेर खरिदमा ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा पुगेको हो ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९० रुपैयाँ ९१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३४ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ ।

यता, डलरसँगै साउदी रियालमा सामान्य ओरालो लागेको छ भने कतारी रियाल बढेको छ । यसअघि खरिदमूल्य ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको साउदी रियाल आज खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा कायम भएको छ छ ।

कतारी रियाल भने सामान्य महङ्गिएको छ । यसअघि एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८५ पैसा रहेको कतारी रियालको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय