भारतको हैदरावादको एक होटलमा आगो लाग्दा ८ जनाको मृत्यु
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, भदौ २८ गते
भारतको एक होटलमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। सोमवार राति १० बजे आगो लाग्दा उक्त घटना भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।आगलागीको खबर आउनसाथ दमकल पुगे पनि धुवाका कारण ८ जनाको ज्यान गएको बताइएको छ।
प्रहरीका अनुसार होटलको ग्राउन्ड फ्लोरमा इलेक्ट्रोनिक स्कुटर रिचार्ज युनिट थियो। यहीबाट आगो फैलिएको हुनसक्ने प्रहरीको भनाई छ।घटनाको समयमा उक्त होटलमा २५ जना मानिस थिए।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि