• Home
  • समाचार
  • अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ
Image

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ


काठमाडौं, भदौ २७ गते
सुर्खेत, सिरहा र कैलालीमा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चाँदनी चोकबाट ४३० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ बस्ने ३० वर्षीय जिवन सोमई मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहाको सखुवानान्करकट्टी गाउँपालिका–५ महेशवारी चोकस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २८ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ३८ ट्याब्लेट र ९ एमएम पेस्तोलको गोली एक थान सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लक्ष्मीपुरपतारी गाउँपालिका–५ घर भई लहान नगरपालिका–५ बस्ने २५ वर्षीय अब्दुल मरासिकी र उदयपुर त्रियुगा नगरपालिका–४ घर भएका ४१ वर्षीय ध्रुब बुढाथोकी रहेका छन् ।

इलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले स।११ प ५७२७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध र गोली फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ रुवस होटल नजिकबाट १ ग्राम ९ सय ३० मिलिग्राम ब्राउन सुगरसहित सोही उपमहानगरपालिका–३ बस्ने २१ वर्र्षीय अशोक अधिकारी र २४ वर्षीय मोहित जोशीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *