• Home
  • समाचार
  • चाडपर्वको मुखमा धनगढीका व्यवसायी चिन्तित
Image

चाडपर्वको मुखमा धनगढीका व्यवसायी चिन्तित

धनगढी, २६ भदाै

कोरोना संक्रमणका कारण व्यापारमा आएको मन्दी संक्रमण कम भएसँगै सुधार हुने अपेक्षा गरेका व्यवसायी ठूला चाडवाड सुरु हुँदा पनि निरास बनेका छन् । कोरोना संक्रमण केही कम भए पनि व्यापारले गति नलगेपछि व्यवयासी निराश बनेका हुन् ।

‘हिन्दुहरुका ठूला चाड नजिकिंदा व्यवसाय सुधार हुने अपेक्षा गरिएको थियौ’ न्यु स्टार फुटवेयरका सञ्चालक जगदीशदत्त जोशीले भने, ‘तर अहिले पनि बजार सुनसान छ, व्यापारले गति नलग्दा व्यापार घाटा बढेको बढ्यै छ ।’

कोरोनाका कारण धेरैको रोजगारी गमेका कारण व्यापार मन्दी भएको जोशी बताउँछन् । ‘कोरोनाले धेरैको रोजगारी गुम्दा आर्थिक समस्यामा परे’ धनगढी होलसेल व्यवसायी संघका सदस्यसमेत रहेका जोशीले भने, ‘पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण मानिसलाई खाद्यान्नको जोहाे गर्न मुस्किल भएको छ, यसको प्रत्यक्ष असर व्यापारमा परेको छ ।’

कोरोना संक्रमणको समयमा समेत राम्रो व्यापार भएको बताउँदै सुनचाँदी व्यवसायी संघ कैलालीका कोषाध्यक्ष प्रेम सेन्चुरीले भने, ‘अहिले त्यो भन्दा पनि व्यापार खस्केको छ, तीजमा व्यापार बढ्ने अपेक्षा गरेका सवै व्यवसायी निराश हुनुपरेको छ ।’ कोरोना संक्रमण सुरु हुनुअघि तीजको समयमा दैनिक तीन-चार तोला सुन व्यापार हुने गरेको उनको स्मरण छ । तर यसपटकको तीजमा दैनिक एक-डेढ तोला सुन पनि नकटेको उनले बताए । 

‘बैंकले ऋण दिएको छैन,’ सेन्चुरी भन्छन्, ‘महंगी अकासिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नागरिकलाई हम्मेहम्मे परेको छ, यस्तोमा व्यापार हुने आशा नै छैन ।’

कोरोना संक्रमण कम भएपछि व्यापारमा सुधार हुने अपेक्षा गरेका व्यवसायी नारायण पन्थीले हालसम्म नयाँ सामान ल्याउन नसकेको बताए । ‘व्यापार पहिलाभन्दा पनि खस्केको छ’ पन्थीले भने, ‘नयाँ सामान थप्न पैसा उठेकै छैन, बैंकमा जाउँ ऋण पाइँदैन ।’ व्यापार सुस्त बनेपछि गत वर्ष ल्याएका सामानसमेत बेच्न नसकेको उनले बताए ।

‘गत वर्ष ल्याएका लत्तापकडा अहिले पनि बेचिरहेको छु’ उनले भने, चिसोमा लगाउने लुगा पनि गत वर्षकै थन्किएका छन् ।’ 
किराना व्यवसायीलाई केही सहज भए पनि अन्य व्यवसायीलाई अहिले समस्यामा रहेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउँछन् । दैनिक उपभोग्य वस्तुको व्यापार भइरहने भएका कारण किराना व्यवसायीलाई त्यति अप्ठ्यारो भएको छैन’ अध्यक्ष कुँवरले भने, ‘अन्य क्षेत्रको व्यापार निरासाजनक छ ।’ 

सरकारले बैंकको ऋण लगानी तत्काल खालेर व्याज घटाउनुपर्ने अध्यक्ष कुँवरको सुझाव छ । बैंकको ब्याजदर चर्को हुँदा धेरै व्यवसायी अहिले व्याज तिर्नसमेत नसक्ने अवस्थामा रहेको उनी बताउँछन् । ‘बजारसम्म पैसा ल्याउन सरकारले तत्काल बैकलाई ऋण लगानी गर्नु दिनुपर्छ,’ अध्यक्ष कुँवरले भने, सरकारको आफ्नो खर्च गर्ने क्षमता पनि बढाउनुपर्ने देखिन्छ ।’ नेपालको अर्थतन्त्र परनिर्भरमुखी हुँदा पनि यस्तो समस्या भएको अध्यक्ष कुँवर बताउँछन् ।  
 

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *