आज चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु काठमाडौं आउँदै

780Views
0 Shares


काठमाडौं, भदौ २७ गते
चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । आज नै सभामुख सापकोटाले लीको सम्मानमा रात्रीभोजको आयोजना गर्नेछन् ।

नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ २८ गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।

भदौ २८ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । नेपालमा रहँदा लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय