• Home
  • समाचार
  • माथिल्लो मनाङमा धमाधम मर्न थाले याक र चौंरी
Image

माथिल्लो मनाङमा धमाधम मर्न थाले याक र चौंरी

मनाङ , २७ भदौ
मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित प्रिप्चे चरन क्षेत्रमा कान्छा गुरुङले पालेकामध्ये ७ वटा चौंरी एकैसाथ मरे । समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाइमा छ यो चरन क्षेत्र पर्छ । यहाँ पालिएका याक र चौंरीमा धेरै र्‍याल काढ्ने, खान मन नगर्ने, घाँटी सुन्निने, श्वास फेर्न गाह्रो भएर कराउने आदि लक्षण देखिएको छ । पशु प्राविधिकलाई बोलाएर परीक्षण गराउँदा १०६ डिग्री सेल्सियससम्मको ज्वरो आएको पाइएको कान्छा गुरुङले बताए ।

मनाङ ङिस्याङ–२ घ्यारुस्थित ४ हजार ६ सय ५० मिटरमा रहेको लेक घ्योरकङ क्षेत्रमा पेम्वाडिन्जी गुरुङले पालेकामध्ये ३ वटा याक र ३ वटा चौंरी मरे । यही समयमा मनाङ ङिस्याङ–५ भ्राकामा पर्ने ४ हजार ५ सय मिटर उचाइमा रहेको आइसलेकमा सेते विकले पालेका ३ वटा चौंरी र एउटा याक मरे ।  

धमाधम याक र चौंरी मर्न थालेपछि भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख पशु चिकित्सक नारायण कुसुमसहितको टोली लेकका चरन क्षेत्रमा खटिएको थियो । उनका अनुसार परीक्षणका लागि बिरामी याक र चौंरीको नोजल स्वाब, रेक्टल स्वाब, रगतको नमुना ईडीटीए, सिरम स्याम्पल लिइएको थियो ।

मृत्यु भएकाबाट टिस्यु स्वाब, मुटु, फोक्सो, कलेजो, मिर्गौला र बोन म्यारोको नमूना लिइएको थियो । घ्यारु र ङावलको लेक घ्योरकङमा मात्रै १२ वटा याक र चौंरी मरेका छन् । भ्राकाको आइस लेकमा १० वटा र प्रिप्चेमा ८ वटा याक र चौंरी मरेका छन् । तीन वटा क्षेत्रमा ७ सय २२ वटा याक र चौंरी रहेकामा अहिले ४२ वटा बिरामी छन् ।

पशु प्राविधिकले विस्तृत रूपमा भेटनेरी इपिडिमियोलोजिकल अध्ययन सर्वेक्षण गर्दा रोग पत्ता नलागेपछि परीक्षणका लागि नमुनालाई पोखरा पठाइएको थियो । टंकी र भ्राकामा पशु चिकित्सक नारायण कुसुमका साथमा मनाङ ङिस्याङ गाउँपालिका पशु सेवा शाखा प्रमुख राजीव दाहाल खटिएका थिए । घ्यारु र ङावलमा नायब पशु सेवा प्राविधिक हरि तामाङ र भक्त रावत खटिएका थिए । पशुमा भ्यागुते रोग लागेको आशंका गरिएको छ ।

 भदौ ७ मा पहिलो पटक नमून पठाएकोमा रोगको पुष्टि हुन नसकेपछि पुनः नमून संकलन गरी भदौ १२ मा पोखरा पठाइएको उनले बताए । पोखराको प्रयोगशालामा पनि रोग निदान नभएपछि हाल नमूनालाई काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *