• Home
  • राजनीति
  • देशको समृद्धिका लागि मिलेर अघि बढौँ– डा. उपेन्द्र महतो
Image

देशको समृद्धिका लागि मिलेर अघि बढौँ– डा. उपेन्द्र महतो

काठमाडौं, भदौ २७ गते
गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीद्वारा आइतवार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी एक भर्रचुअल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको मात्र कुनै अर्थ नहुने बताए ।

उनले अहिले विश्वले पुँजीलाई भन्दा ज्ञान, सिप, परम्परा, संस्कार र अनुभवलाई ठूलो महत्व दिन थालेको बताए । डा. महतोले विदेशमा संघर्ष गरेर केही हदसम्म नेपालीहरु स्थापित हुनसकेकोका खुशी व्यक्त गर्दै विदेशमा सिकेको ज्ञान सिप अनुभव देशमा लगाउन आग्रह गरे ।

उनले नेपाललाई आर्थिक समृद्धि मात्र होइन बौद्धिक, धार्मिक, संस्कृति रुपमा पनि समृद्धि बनाउन लाग्नु पर्नेमा जोड दिए । डा। महतोले देशको समृद्धिको लागि काम गर्न चुनौतीपूर्ण भए पनि यसलाई अवसरको रुपमा लिनु पर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा। हेमराज शर्माले संघको अभियानको स्थापनानै देशमा ज्ञान, सिप र अनुभवलाई देशमा भित्र्याउने उद्देश्यले भएको स्मरण गर्दै नेपालको समृद्धिको लागि काम गर्न गम्भीर भएर लाग्न आग्रह गरे । गैरआवासीय नेपाली संघको उपाध्यक्ष महेश श्रेष्ठले संघभित्र वार्षिक बजेटको परिचालनको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *