वीरगन्जमा ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालन

825Views
0 Shares

काठमाडौं, २६ भदौ बिरगंज महानगरपालिकाको आयोजनामा महानगरवासी स्वस्थ्य रहुँन, निरोगी रहुँन भन्ने उद्देश्यले आइतबारदेखि वीरगन्जमा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ । वडा नम्बर ३० लालपर्साबाट सुरु गरिएको स्वास्थ्य कार्यक्रममा गर्भवती महिलाको परीक्षण, प्याथोलोजी ल्याब, गर्भवती महिलाको लागि भिडियो एक्सरे, जेनरल परीक्षण, ईसिजी सेवा सहित निशुल्क औषधी समेत वितरण गरिने मेयर राजेशमान सिंहले जानकारी दिएका छन् । महानगरको स्वास्थ्य शाखा अनुसार मेयर घरदैलो कार्यक्रममा एमबीबीएस चिकित्सक सहित २५ जना स्वास्थ्यकर्मीको टिम रहेका छन् । महिलाले स्वास्थ्य समस्य सजिलै स्वास्थ्यकर्मीलाई भन्न सकुन भनेर चिकित्सक र स्वास्यकर्मी पनि महिलानै राखिएको महानगरका मेयर राजेशमान सिंहले जनाए । चिकित्सकको सिफारिसमा महिलाहरुलाई पोसिलो खानाको समेत व्यवस्था गरिएको छ । स्वास्थ्य चौकी मै सबै सेवा उपलब्ध हुन्छ भन्ने जानकारी गराउन पनि महानगरले यो अभियान सञ्चालन गरेको मेयरले बताए । प्रत्येक वडावासीले यो सेवा लिने हुनेमा महानगरपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय