‘ऋतुहरूमा’ गायक तथा मोडल शाहिलराज पाण्डे र स्मारिकाको रोमान्स

860Views
0 Shares

काठमाडौं, २६ भदौ  । गायक शाहिलराज पाण्डेको नयाँ गीत ऋतुहरूमाको म्यूजिक भिडियो रिलिज गरिएको छ । मोडलसमेत रहेका गायक शाहिलकै शब्द सृजनामा तयार भएको गीतमा संगीत श्याम बाग्दासको रहेको छ ।

पेसाले मेकानिकल इञ्जिनियरसमेत रहेका गायक तथा मोडल शाहिललाई ऋतुहरूमा अभिनयमा स्मारिका ढकालले साथ दिएकी छिन् । नजानेरै सुटुक्क एकै नजरमा प्रेममा डुबेको प्रेमाभावलाई कलात्मक शैलीमा भिडियोमा देखाइएको छ । जसमा मोडलद्वय शाहिल र स्मारिकाको अभिनय देख्न सकिन्छ । 

गोदावरी र भृकुटीमण्डमा छायांकन गरिएको भिडियोले एक रोमान्टिक प्रेम कहानीलाई बोलेको र हरेक प्रेमील जोडीले आफ्नो कथालाई भिडियो हेरेपछि स्मरण गर्ने निर्देशक प्रकाश धितालले बताए । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

भिडियो गायक शाहिलकै आफ्नै अफिसियल च्यानलबाट बजारमा आएको हो । गायक शाहिलले यसअघि नैना, जिन्दगी, पानी थिए, लगायतका गीतहरू बजारमा ल्याइसकेका छन् ।

भिडियो लिंक : https://www.youtube.com/watch?v=kYki7_wmzGU

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय