साहुकारले पीडितका परिवारबाट नाजायज फाइदासमेत उठाइरहेका छन्–गिरिराजमणि पोखरेल

790Views
0 Shares

काठमाडौं, भदौ २६ गते
पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरब्याजीहरुले प्रतिकूल परिस्थिति बनाएर पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताएका छन् । शनिबार भंगाहा नगरपालिकामा मिटरव्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनल यस्तो बताएका हुन् ।

उनले साहुकारहरुले विपन्न नागरिकलाई दिएको पीडालाई महसुस गरी सदनमा पनि पीडितहरुको विषयमा आवाज उठाएको बताए । ‘हामीले आवाज उठाएपछि सरकारले मिटरव्याजीलाई अपराधीको सूचीमा राखेको छ,’ उनले भने, ‘मिटरब्याजीहरूको अत्याचारको विषयमा डटेर लागिपरेका छौं ।’

नेता पोखरेलले अदालतको फैसलाप्रति पनि प्रश्न उठाए । अदालतबाट फैसला गर्दा पीडित झन् पीडित भएको भन्दै उनले ध्यानाकर्षण गराए । उनले अदालतको फैसलाका कारणले पीडितहरू साहुकारबाट भाग्नुपर्ने अवस्था आएको भन्दै अदालतलाई निष्पक्ष फैसलाको लागि आग्रह गरे ।

मिटरव्याजीहरूको विषयमा सदन र मिडियाबाट निक्कै आवाज उठेपछि सरकारले अहिले देशैभरिका पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ । मिटरव्याजी पीडित संघर्ष समितिका अनुसार देशभर १०औं हजार पीडित भए पनि अहिलेसम्म २३ सयले मात्र आवेदन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय