Trending

नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा ढकाल

660Views
0 Shares

काठमाडौं, भदौ २६ गते

नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले हरिश ढकालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । महासंघको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाईं (कपिलवस्तु), सचिव रुपनी जिएम (बाँके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरूमा प्रेम विश्वकर्मा (बर्दिया), पहलमान घर्ती (रोल्पा), मुक्ति न्यौपाने (पाल्पा), अनिल खत्री (गुल्मी), सजना कार्की (पूर्वी रुकुम), वसन्त बिक (अर्घाखार्ची), असोक पौडेल कपिलवस्तु, विमल पुरी (रुपन्देही) रहेका छन् । यसैगरि अधिवेशनले सल्लाहकारहरू मनोज पौडेल (कपिलवस्तु), वसन्त गिरी (कपिलवस्तु), हरि शर्मा (नवलपरासी), सञ्जय रिजाल (प्युठान), शम्भु पन्त (रुपन्देही) रहेका छन् ।

एक समारोहबीच शनिबार नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको महासचिव विक्रम खड्काले उद्घाटन गर्दै फोटो पत्रकारिता पत्रकारिताको विधाको रूपमा रहेको बताए । फोटो पत्रकारितामा लुम्बिनी प्रदेशको अगाडी रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा संस्थागत रूपमा लाग्न आग्रह गरे ।

महासंघका अध्यक्ष मनोज पौडेलले नवनिर्वाचित अध्यक्ष हरिश ढकाललाई माइन्युट हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा प्रदेशका फोटो पत्रकारहरूलाई संगठित गर्न सफल भएको बताए । महासंघको आधार तयार भएको भन्दै अब यसलाई रचनात्मक रूपमा अघि बढाउन नवनिर्वाचित पदाधिकारी, सदस्यलाई सुझाव दिए । 

कार्यक्रममा निवर्तमान उपाध्यक्ष सी.पी. खनालले देश चिनाउने र पत्रकारिताको विधाका रूपमा रहेको फोटो पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले आफ्नो कार्यकालमा फोटो थोरै तर प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता जनाउँदै फोटो पत्रकारिता तालिम तथा अन्तरक्रिया गर्ने बताए ।

यसैगरि अधिवेशनले चितवनमा हुने केन्द्रीय महाधिवेशनमा केन्द्रीय प्रतिनिधि चयन गर्ने र प्रदेशको प्रतिनिधित्व गर्ने गरी अध्यक्षलाई अधिकार दिइएको छ । यसैगरि प्रदेश समितिको कार्यालय बुटवलमा स्थापना गर्ने र सोको व्यवस्थापन अध्यक्ष र कोषाध्यक्षले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय