Trending

उम्मेदवार सिफारिस भएका सदस्यलाई पत्रकार महासंघ बाराले कारवाही गर्ने

820Views
0 Shares

बारा, २५ भदाै । नेपाल पत्रकार महासंघ बारा शाखाले आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार सिफारिस भएका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरूलाई कारवाही गर्ने भएकाे छ ।  

पत्रकार महासंघकाे सदस्यता नत्यागी राजनीतिक दलबाट उम्मेदवार सिफारिस भएकोमा नेपाल पत्रकार महासंघ बाराले आपत्ति जनाएको हाे ।

महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा शुक्रबार बसेको बठकले सिफारिस भएकाेमा महासंघको ध्यानाकर्ष भएको जनाएको छ । महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६)ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भनि उल्लेख छ । दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा समितिले निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ बाराले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय