Trending

सिराहमा चाइन रेल्वको चकचकी : वर्षामा पनि निरन्तर नदी उत्खनन् 

755Views
0 Shares

सिराहा, २५ भदौ । सिराहामा प्रहरी प्रशासनकै मिलोमतोमा चुरे क्षेत्रबाट गिट्टी, बालुवाको अवधै उत्खनन् गरी चोरीनिकासी भइरहेको छ । चोरी निकासी नियन्त्रणमा प्रशासनले उदासिनता देखाउँदा चुरेक्षेत्र अवैध धन्दा गर्ने अखडा बनिरहेको स्थानीयको आरोप छ । 

सिरहाको कर्जन्हा नगरपािलका–१ कमला नदीमा राष्ट्रिय योजनाको नाममा स्थापना भएको क्रसरले चुरे क्षेत्रलाई बन्जर बनाइरहेको आरोप छ । सम्झौता विपरित नदीबाट मनपरीसँग गिट्टी, बालुवा उत्खनन् गर्दा पनि जनप्रतिनिधि र प्रहरी प्रशासन नदेखेझै गरिरहेको स्थानीयको आरोप छ । 

सिरहाको कर्जन्हा नगरपालिका र धनुषाको गणेशमान चारनाथ नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्मको सडक चार लेन बनाउन चाइना रेल्वे कम्पनीले ठेक्का पाएको छ । १६ भदौ ०७८मा भएको सम्झौताअनुसार कमला नदीबाट उक्त कम्पनीले सडक निर्माणको लागि ८० हजार घनमिटर बालुवा, ढुंगा उत्खनन् गर्न पाउँछ । ८० हजार घनमिटरको कार्यादेश पाए पनि चाइना रेल्वे कम्पनीको दुई लाखभन्दा बढी घनमिटर गिट्टी, बालुवा उत्तखनन् गरी खोलाकै छेउमा डम्पिङ गरि राखिएको थियो । सोही गिट्टी, बालुवा अहिले धनुषाको क्रसरमा लगिने गरेको स्थानीय बताउँछन् । 

धनुषाको पोर्ताहास्थित संचालनमा रहेको कमला माइ क्रसरका सञ्चालक वेचन शर्माले चाइना रेल्वे कम्पनीको कागजात पेश गरेर राष्ट्रिय महत्वको योजनाको नाममा सम्झौता गरी अवैध गिट्टी, बालुवा उत्तखनन् भइरहेको कमला बचाउ संघर्ष समितिका अभियन्ता प्रभात सिंहले बताए । उनले भने, ‘जनप्रतिनिधि तथा प्रहरीको आँखा अगाडिबाट दिनदहाडै सयौं ट्रिपरले गिट्टी, बालुवा लगिरहेका हुन्छन् । प्रहरी प्रशाशन देखेको नदेखै गर्छ ।’ सामान्यतया वर्षाको तीन महिना खोलाबाट गिट्टी वालुवा निकाल्न पाइदैन । तर, यो कम्पनीले हिउँदमै निकालेर राखेको नदीजन्य सामग्री ओसारी रहेको छ । 

नगरपालिकाका पूर्वमेयर गंगा पासवान, नवनिर्वाचित मेयर भोला पोखरेल, जिप्रका प्रमुख लालबावु कवाडी समेतलाइ पटक पटक जानकारी गराउँदा उत्खनन् रोक्न सकेनौँ भन्ने गरेको अर्का अभियन्ता विनोद श्रेष्ठले जनाए । उनले भने, ‘चाइना रेल्वे कम्पनीले सम्झौताअनुसारको राजस्व रकम समेत नबुझाई गिट्टी, वालुवा निकासी गर्दा पनि सम्बन्धित निकाय मौन हुनु मिलोमतो रहेको पुष्टि हुन्छ । उनले थपे, ‘लाखौँको राजस्व चुहावट भइरहे पनि नियन्त्रणका लागि प्रशासनले कुनै सहयोग नगरेको र प्रहरी प्रशासनले नचाहेसम्म केही हुने वाला छैन ।’

नदीमा अत्यधिक उत्खनन् गरिएका कारण दिनप्रतिदिन यस क्षेत्रको माटो कमजोर र पानीको सतह कम भइरहेको छ । १ असारदेखि भदौ मसान्तसम्म गिट्टी बालुवा ढुवानी निकासीमा रोक लगाए पनि उत्खनन् नरोकिएको विषयमा प्रजिअ लालबाबु कवाडीले राजस्व रकम तिरेर राष्ट्रिय महत्वको योजनाको कामको लागि लगि रहेकोले रोक्न नमिल्ने बताए । प्रजिअ कवाडीले भने, ‘चाइना रेल्वे कम्पनीले गरिरहेको गिट्टी, बालुवा ढुवानी निकासी हामीले रोक्न मिल्दैन । अरु कसैले चोरी निकासी गरेको पाइएमा कार्यवाही हुन्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय