दूतावास पुगेर प्रधानमन्त्री देउवाले गरे एलिजाबेथको निधनप्रति दुःख व्यक्त
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, भदौ २५ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा पुगेर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
साथै, प्रधानमन्त्री देउवाले दूतावासमा राखिएको शोक पुस्तिकामा शोक सन्देश पनि लेखेका छन् । महारानी एलिजावेथ द्धितीयकोे बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनप्रति विश्व नेताहरुले समवेदना व्यक्त गरेका छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि