दार्चुलाको बाढी–पहिरो परिमा बेपत्ता भएका पाँच जनाको शव भेटियो
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, भदौ २५ गते
शुक्रवार रातिदेखि परेको निरन्तर वर्षाका कारण महाकाली नदी र लास्कु खोलामा बाढी आएको छ । उक्त बाढीमा परि बेपत्ता भएका ११ जना मध्भे पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको हो।
यस्तै महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको पनि शव भेटिएको छ। पहिरोले सल्लाका आठ घर पुरिएका छन् । स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ।
दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढी–पहिरोका कारण डेढ दर्जन घरहरू बगेका छन्। डुङुरीमा लास्कु खोलामा आएको बाढीले एकै घरका चारजना बेपत्ता भएको प्रहरी निरीक्षक मगरले बताए। यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि