Trending

कांग्रेस गुटबन्दीको प्रभाव भ्रातृ संगठनमा पनि देखियो

830Views
0 Shares


काठमाडौं, भदौ २५ गते
नेपाली कांग्रेस बारामा रहेका दुई गुटको प्रभाव नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलमा पनि देखिएको छ । विपी जयन्तिको अवसरमा नेबिसंघ र तरुण दलले शुक्रबार कलैयामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेपछि भातृ संगठनमा पनि पार्टीभित्र रहेको गुटबन्दी प्रभाव देखिएको हो ।

विपी जयन्तिको अवसरमा नेपाल तरुण दल बाराले शुक्रबार कलैया अस्पतालका बिरामीलाई फलफूल वितरण र बिचार गोष्ठी कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल, नेपाली कांग्रेसका नेता लुकेश सिह, राममणी गुप्ता, युवा नेता हरिओम पटेल, सुनिल कुशवाहा, सुर्ज पटेल, रामबिहरि पटेल, महिला नेतृ कलावति पासवानलगायतको सहभागिता थियो ।

कार्यक्रममा सहभागी सबै जिल्ला पार्टी सभापति राजेश यादव पक्षधर हुन । सभापतिकको विपक्षमा फरक गुटमा रहेका नेता कार्यकर्ता नेबिसंघले कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित अमृता अनाथालय आश्रममा आयोजना गरेको कार्यक्रममा सहभागी बनेका थिए । सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव राजेश रौनियार, मैयाराम यादव, नेबिसंघ बाराका अध्यक्ष राकेश पाणडे, युवा नेता अरबिन्द पटेल र बिनयराज शर्मालगायको सहभागिता थियो ।

उनीहरु सबै सभापती राजेश यादवविरुद्ध उपसभापति मनोज भट्टले नेतृत्व गरेको गुटमा आवद्ध छन् । कार्यक्रममा अनाथालयमा आश्रित २५ बालबालिकाहरुलाई फलफूल तथा स्टेसनरी सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय