• Home
  • समाचार
  • सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु
Image

सर्लाहीमा सर्पको डसाईबाट महिलाको मृत्यु


काठमाडौं, भदौ २५ गते
बिषालु सर्पको डसाईबाट सर्लाहीमा एक महिलाको ज्यान गएको छ । हरिवन नगरपालिका–११, बालुवाटार बस्ने ३५ बर्षकी श्याम कुमारी महतोको गोमन सर्पको डसाईबाट ज्यान गएको प्रहरीले जनाएको हो । महतोलाई सोही स्थानका भिम प्रसाद दहालको घरमा लेवरको काम गर्ने क्रममा शुक्रवार अबेर सर्पले डसेको थियो ।

लगत्तै लालबन्दी नगरपालिका–१, नवलपुर स्थित सर्प दंश उपचार केन्द्र पु¥याएको आफन्तले जनाएका छन् । त्यहाँ उपचार सम्भव नभएपछि महतोलाई प्रादेशिक अस्पताल जनकपुर रिफर गरिएको थियो । उनको जनकपुरमा उपचारकै क्रममा गए राति ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाही जनाएको छ ।

मृतक महतोको शव आफन्तले बुझेर लगेका र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । जिल्लामा रहेको सर्प दंशका अस्पतालमा भेन्टिलेटर जस्ता उपकरण संचालनमा नहुदा सर्पदंशका विमारीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।
जिल्लाको नवरपुरमा रहेको सर्पदंश उउपचार केन्द्रमा रहेको भेन्टिलेटरसमेत दक्ष प्राविधिकको अभावमा संचालन हुन सकेको छैन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *