• Home
  • राजनीति
  • केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै राजेन्द्र लिङ्देनले भने–हामीलाई असफल हुने सुविधा छैन
Image

केन्द्रीय नेतालाई प्रशिक्षण दिँदै राजेन्द्र लिङ्देनले भने–हामीलाई असफल हुने सुविधा छैन


ठमाडौं, भदौ २२ गते
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा राप्रपालाई असफल हुने सुविधा नभएको बताएका छन् ।पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित केन्द्रीय पदाधिकारी एवं सदस्यका लागि आयोजित निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक परिस्थिति, भावी कार्यदिशा र पार्टीको चुनावी रणनीति विषयमा प्रशिक्षण दिँदै अध्यक्ष लिङ्देनले आउँदो निर्वाचनमा राप्रपा कमजोर भयो भने देशमा वैकल्पिक राजनीतिको सम्भावना कमजोर हुने बताए ।

ुदेशले परिवर्तन खोजिरहेको छ । राप्रपा परिवर्तनको वाहक शक्तिको रूपमा उदाइरहेको छ । तर निर्वाचनमा हाम्रो प्रभावकारी भूमिका भएन भने वैकल्पिक राजनीतिको धार कमजोर हुन पुग्छ । जुन केवल पार्टीको लागि मात्रै होइन देशकै लागि ठूलो क्षति हुनेछ,ु अध्यक्ष लिङ्देनले भने ।

लिङ्देनले योग्यता, क्षमताका आधारमा नेता, कार्यकर्ताको मूल्यांकन हुने बताउँदै महाधिवेशनमा मत दिएको वा नदिएको आधारमा कसैलाई काखा र पाखा नहुने भन्दै आश्वस्त तुल्याएका छन् उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुव बहादुर प्रधानले आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउन वैचारिक, सांगठनिक र रणनीतिक हिसाबले तयार हुनुपर्ने भएकाले देशभर आक्रामक ढंगबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

केन्द्रीय प्रशिक्षण विभागकी सदस्य खुस्बु ओलीले चुनावी रणनीति एवं बुथ व्यवस्थापन विषयमा र प्रशिक्षक रबिन कटुवालले नेतृत्व विकास र उम्मेदवारको प्रचार शैली विषयमा प्रशिक्षण दिएका थिए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *