• Home
  • समाचार
  • यी हुन् अटेरी गर्ने ४४ स्थानीय तह, जसले अहिलेसम्म पेश गरेका छैनन् बजेट
Image

यी हुन् अटेरी गर्ने ४४ स्थानीय तह, जसले अहिलेसम्म पेश गरेका छैनन् बजेट


काठमाडौं, भदौ २२ गते
नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै ४४ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अटेरी गरी बजेट पेश नगर्ने स्थानीय तहमा मधेश प्रदेशमा ३३, लुम्बिनी प्रदेशमा ६, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २ वटा रहेका छन् । नियममा स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेश गरिसक्नु पर्ने व्यवस्था रहेको छ । तर केही स्थानीय तहले भने अटेरी गरी बजेट नै पेश नगरी बसेका छन् ।

बजेट पेश नगर्ने मधेश प्रदेशका स्थानीय तहमा कञ्चनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, विष्णुपुर गाउँपालिका, बलान–विहुल गाउँपालिका, मिर्चैया नगरपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, धनुषाधाम नगरपालिका, नगराइन नगरपालिका, विदेह नगरपालिका र कमला नगरपालिका रहेका छन् ।

यस्तै धनौजी गाउँपालिका, सोनम गाउँपालिका, मलंगवा नगरपालिका, विष्णु गाउँपालिका, कटहरीया नगरपालिका, दर्गाभगवती गाउँपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिका, मौलापुर नगरपालिका, युमनाई गाउँपालिका, महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका र पोखरिया नगरपालिकाले पनि हालसम्म बजेट पेश गरेका छैनन् । मधेश प्रदेशको धोबीनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र कालिकामाई गाउँपालिका पनि बजेट पेश गरेका छैनन् ।

बजेट पेश नगर्ने लुम्बिनी प्रदेशका स्थानीय तहमा गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका, छत्रदेवी गाउँपालिका, राजपुर गाउँपालिका, डुडुवा गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका रहेका छन् ।

त्यसैगरी कर्णाली प्रदेशको चन्दननाथ नगरपालिका, जुनीचाँदे गाउँपालिका र भैरवी गाउँपालिकाले बजेट पेश गरेका छैनन् । सुदूरपश्चिम प्रदेशका पंचदेवल विनायक नगरपालिका र बुंगल नगरपालिकाले हालसम्म बजेट पेश गरेका छैनन् ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *