• Home
  • मनोरञ्न
  • लेखक–कलाकारबाट ‘ऐना झ्यालको पुतली’लाई प्रशंसाको ओइरो
Image

लेखक–कलाकारबाट ‘ऐना झ्यालको पुतली’लाई प्रशंसाको ओइरो


काठमाडौं, भदौ २१ गते
काठमाडौँ, २१ भदौ । सोमबार प्रिमियरमा उपस्थिति कलाकार तथा साहित्यकारले ‘ऐना झ्यालको पुतली’ हेरिरहँदा आफ्नै कथा हेरिरहे जस्तो महसुस भएको बताएका छन् । फिल्मको कथा, निर्देशन र कलाकारको प्रशंसा गरेका फिल्मकर्मी तथा साहित्यकारले फिल्मले आफूहरूकै बालापन दुरुस्त उतारेको प्रतिक्रिया दिएका थिए ।

फिल्मको प्रिमियरमा उपस्थित गायिका आनी छोइङ डोल्माले फिल्म असाध्यै सुन्दर बनेको बताउँदै यो फिल्म नेपालभरिका स्कुलमा देखाउन आग्रह गरिन् । ‘मैले आजसम्म हेरेका नेपाली फिल्ममध्ये सबैभन्दा सुन्दर लाग्यो । यो फिल्म सबै स्कुलले आफ्ना विद्यार्थीलाई देखाउनु पर्छ । यो फिल्म हाम्रो सामाजिक इतिहासको दस्तावेज हो,’ आनीको भनाइ थियो ।
पहिलोचोटि हेर्दा धित नमरेर दोस्रो पटक फिल्म हेर्न आएका एमाले नेता रघुजी पन्तले ‘ऐना झ्यालको पुतली’ नेपाली फिल्म कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ रहेको बताए ।

‘यो नेपाली टेस्टको अर्गानिक कथा हो । यो राम्रा सिनेमाको कोटिमा पर्छ । नेपाली सिनेमा कस्तो हुनुपर्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका हामी सबैका लागि जवाफ हो,’ पन्तले भने । साहित्यकार नयनराज पाण्डेले फिल्मलाई ५ मा ५ रेटिङ दिँदै फिल्म हेर्दा आफूलाई डेढ घन्टा मौन साधना गरेको महसुस भएको प्रतिक्रिया दिए ।

‘कथा भन्ने शैली यति सहज त यसअघि मैले नेपाली सिनेमामा विरलै देखेको थिएँ या सायद देखेकै थिइनँ । यो सिनेमाले पीडाभन्दा पनि तपाई हाम्रो दिमागमा ‘प्रश्न’ उमार्दो रहेछ । सुन्दर स्विटरझैं बुनिएको पटकथा र बुलन्द निर्देशनले यो सिनेमालाई भव्य उचाइ दिएको छ । यो नेपाली सिनेमाको ठूलो प्राप्ति हो’ उनको प्रतिक्रिया थियो ।

नाटक निर्देशक विमल सुवेदीले फिल्मलाई आफ्नो जीवनकालमै हेरेको उत्कृष्ट नेपाली चलचित्रको सूचीमा सदैव रहने बताए । निर्देशक दीपेन्द्र लामाले ‘मुकुण्डो’ र ‘नुमाफुङ’पछि ‘ऐना झ्यालको पुतली’ सन्तुष्टि दिने फिल्म रहेको बताए ।

‘नुमाफुङ’ र ‘मुकुन्डो’पछि अर्थात् झन्डै २० वर्षपछि ‘ऐना झ्यालको पुतली’ मेरो लागि सबैभन्दा बढी सन्तुष्टि दिने नेपाली फिल्म भइदिएको छ । अग्र्यानिक वा मौलिकताका नाममा बनिरहेका आलाकाँचा सिनेमाहरूको डंगुरमा यो सगरमाथाझैं अग्लो र चम्किलो बनेर आइपुगेको छ । राम्रो फिल्म बनाएको छु भनेर गमक्क परेर बस्ने वर्तमान फिल्मकर्मीहरू सुजित बिडारीहरूबाट विस्थापित हुने दिन टाढा छैन अब । व्यक्तिगत रूपमा भन्नुपर्दा, ‘ऐना झ्यालको पुतली’ हेरेर ईष्र्या नै लागेको छ,’ उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै लेखेका छन् ।

सिनेमा हेरेका दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, प्रकाश सपुत आदिले पनि फिल्ममा आफूलाई नै पाएको बताउँदै ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । स्तम्भकार तथा इतिहासकार सुजित मैनाली भन्छन्, ‘ऐना झ्यालको पुतली’ हेरेर घर फर्किइ ऐना हेर्दै यसो सम्झिहेरेको– यति धेरै मिहिनेतका साथ बनाएको यति राम्रो अर्को कुनै नेपाली फिल्मको सम्झनै आएन ।’

आउँदो शुक्रबार प्रदर्शन हुने तरखरमा रहेको सिनेमामा सुजित बिडारीको लेखन तथा निर्देशन रहेको छ । सिनेमालाई आकाश पौडेल, प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन् । संखुवासभामा त्यहीँकै स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले उच्च शिक्षा लिन चाहने किशोरी सपनालाई शिशाको झ्यालमा अड्किएको पुतलीको विम्ब सादृश्य वर्णन गरेको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *